बाग्लुङको ढोरपाटनमा पहिरोले घर पुरिंदा १९ वर्षीया युवतीको मृत्यु

बाग्लुङको ढोरपाटनमा पहिरोले घर पुरिंदा १९ वर्षीया युवतीको मृत्यु

pahiro- sanket

सांकेतिक तस्विर

बाग्लुङ –  अविरल बर्षापछि आएको पहिरोमा परी बाग्लुङमा एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिका वडा नं -२ अर्नाक बस्ने प्रकाश परियारको ढुंगा माटोले बनेको कच्ची घरलाई माथीबाट आएको पहिरोले पुर्दा घरमा सुतिरहेकी उनकी १९ वर्षीया छोरी पुजा परियारको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार बिहान अन्दाजी ५:२० बजेको समयमा घर माथीबाट आएको पहिरोमा पुरिए लगत्तै स्थानीयले गरेको खोजीकार्यमा छोरी पुजालाई मृत अवस्थामा उद्धार गरेका थिए ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds