पोखरा । गण्डकी प्रदेशमा मध्यान्हसम्म ३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले मध्यान्हसम्म ४ पटक विज्ञप्ती जारी गर्दै अहिलेसम्म ३९ जना थपिएको जानकारी दिएको हो । जसअन्तर्गत सबैभन्दा धेरै लमजुङमा देखिएको छ । लमजुङमा २३ जना, नवलपुरमा ९ जना, कास्कीमा ४ जना, गोरखामा २ जना र बागलुङमा १ जना संक्रमित थपिएका छन् ।
पछिल्लो विवरण अनुसार पोखरा महानगरपालिकामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पोखरा १७ का २८ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज बिहानै समेत कास्कीका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । १ जना मादी गाउँपलिकाका रहेका थिए । योसंगै आज कास्कीमा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा बाग्लुङका १ महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । अन्य प्रदेशमा गरिएको परीक्षणका क्रममा गोरखाको गोरखा नगरपालिका वडा नम्बर ९ का २२ तथा ३५ वर्षीय २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, नवलपरासीको ब.सु.पू को गैडाकोट ४ का ५२ वर्षीय तथा देवचुली १० की २४ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ हजार ९ सय ५२ पुगेको छ ।

यसअघि, तेस्रो विज्ञप्तीमा पोखरामा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको थियो । महानगरपालिकाको वडा नम्बर १४ निवासी ५८ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

दोस्रो विज्ञप्ती अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङको बेसीशहर नगरपालिका वडा नं. ३ स्थित नेपाल आर्मीमा कार्यरत ३९, ३९ र ३८ वर्षका तीनजना पुरुषको नमुना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।
यस्तै नवलपुरको कावासोती नगरपालिका वडा नं. ८ का ४७ वर्षीय पुरुष, वडा नं (१४ की ४९ वर्षीय महिला र वडा नं. १६ का दुई ३३ र २८ वर्षका पुरुषको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । भने, गैंडाकोट नगरपालिका वडा नं – १३ का ३० र २४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये नवलपुर गैंडाकोटका दुई जना भारतबाट आएका हुन् भने, अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा नुमना स्वाब दिएका मध्ये हुन् ।

यसअघि, आज बिहानको पहिलो विज्ञप्ती अनुसार प्रदेशमा २३ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये कास्कीको पोखरा महानगरपालिका ११ का ४६ वर्षीय पुरुष र मादी गाउँपालिका वडा नं. ७ का ३९ वर्षीय पुरुष रहेका छन् । नवलपुर गैंगाकोट १ का ४० वर्षीया महिला र लमजुङ वेशीशहरका २० जना पुरुष रहेका छन् । यसमध्ये १७ जना वेशीशहरमा कार्यरत हुन् भन् एक जना वेशीशहर वडा नं. ७ का ५१ वर्षीय पुरुष र वडा नं. ८ का ३२ र २५ वर्षीय २ पुरुष हुन् ।

सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’