पोखरा – पोखरामा विहीबार कोरोना संक्रमणका कारण मृत्यु भएकी ३२ वर्षीया महिला निमोनियाको रोगी रहेको बुझिएको छ ।
पोखरा महानगरपालिका स्वास्थ्य माहाशाखाका एक कर्मचारीका अनुसार गत भाद्र ७ गते कोरोना पुष्टि भइ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमान्चल) अस्पतालको आइसीयुमा उपचारत पोखरा -१२ की महिलामा निमोनिया र फोक्सोमा समस्या आएको बुझिएको परिवारलाई उद्धृत गर्दै ती कर्मचारीले बताए ।
‘मृतकको घर पोखरा -११ हो, उनको कुनैपनि ट्राभल हिष्ट्री पाइएको छैन’ ती कर्मचारीले गण्डक न्युजसंग भने । यद्यपी, उनी पोखरा ११ को नभई पोखरा १२ को भएको भन्दै प्रतिक्रिया आइरहेका छन् ।
उनी साइ अर्चना, मणिपाल, कास्की सेवा हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड विशेष कक्षमा पुगेकी थिइन् । यसअघि सेवा हस्पिटलमा कोरोना भाइरसबाटै भदौ १ गते ज्यान गुमाउने तनहुँकी महिलासँग् एउटै वार्डमा उनी बसेको खुलेको छ । त्यसपछि स्वाब परिक्षण गर्दा सेवा हस्पिटलका एक जना नर्स र आज मृत्यु हुने महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
विहीबार विहान ८ बजे संक्रमित महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरेका थिए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ