शुक्रवार २२ प्रहरीमा संक्रमण पुष्टि भएको लमजुङमा शनिबार थप ६ प्रहरीमा भेटियो कोरोना

शुक्रवार २२ प्रहरीमा संक्रमण पुष्टि भएको लमजुङमा शनिबार थप ६ प्रहरीमा भेटियो कोरोना

besishshar

फोटो : नविन वराल

लमजुङ –  लमजुङको बेसीशहरस्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि हुने क्रम जारी छ ।

शुक्रबार मात्र लमजुङ जिल्लाका २६ जना मध्ये एक थुनुवा सहित २३ जना प्रहरीमा कोरोना पुष्टि भएकोमा शनिबार सदरमुकाम बेसीशहरस्थित प्रहरी कार्यालयका थप ६ जना प्रहरीमा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पुष्टि भएका संक्रमित २० /२० वर्षका दुई सहित २८, ३० र ३३ वर्षका ५ जना पुरुष प्रहरी छन् । यस्तै कार्यालयकै ४० वर्षीया महिला प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । शुक्रबार र शनिबार पुष्टि भएका सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङमा नमुना स्वाब दिएका मध्ये छन् ।

लमजुङमा कोरोना संक्रमितको कूल संख्या १७५ पुगेको छ । जसमा ११३ जना निको भएर घर फर्किसकेका छन् भने, ६२ जना उपचाररत छन्

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds