खसी खोज्न हिंडेका पर्वत पातिचौरका खेमराज मृत फेला

खसी खोज्न हिंडेका पर्वत पातिचौरका खेमराज मृत फेला

death

पर्वत – खसी खोज्न हिंडेका पर्वत पातिचौरका एक व्यक्ति सुतेकै अवस्थामा मृत फेला परेका छन् ।

जिल्लाको मोदी गाउँपालिका वडा नं -५ पातिचौर बस्ने वर्ष ३३ का खेमराज अधिकारी सुतेकै अवस्थामा मृत फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो अन्दाजी ४ बजेको समयमा घरबाट खसी खोज्न भनि पर्वत -५ बाजुङ सिमलीखेत गएका उनी घर फर्कन रात परेपछि बाजुङका कर्ण बहादुर कुँवरको घरमा बास बसेकोमा शनिबार बिहान अबेरसम्म नउठेपछि कोठामा गएर हेर्दा सुतेकै अवस्थामा खेमराज मृत भेटिएका थिए ।

घटनाको खबर हुनासाथ तत्काल खटिएको प्रहरीको टोलीले घटनाका बिषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ