पोखरा – आइतबार बिहानै पोखराका तीन सहित गण्डकीमा पांच जना कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालयको आइतबार बिहानको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका दुई जिल्ला कास्की र नवलपुरमा गरी कूल पांच जना कोरोना संक्रमित थपिएका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -७ का ३७ वर्षीय महिला र ५३ वर्षीय पुरुषका साथै पोखरा -८ का ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा नवलपुर कावासोती २ का २१ वर्षीया युवती र मध्यविन्दु ४ का २० वर्षीया युवतीको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए । यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २०९९ पुगेको छ ।
नवलपुरका पुरुष संक्रमितको मृत्यु
गण्डकीमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बिनयत्रिबेणी गाउँपालिका -६ का ६२ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।
पछिल्लो चार दिन यता गण्डकीमा लगातार कोरोना संक्रमित मृत्यु भैरहेको छ । यो, संगै गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?