पोखरा – पोखराको नागढुंगास्थित फेवासिटी अस्पतालमा उपचाररत एक बृद्धामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा फेवासिटी अस्पतालमा उपचारत लमजुङ जिल्ला बेसीशहर नगरपालिका -१० घर भएकी ७१ वर्षीया बृद्धामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । अस्पतालमा उपचाररत बृद्धामा कोरोना आशंकामा पोखरामै स्वाब संकलन गरिएको थियो ।
यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका -६ बस्ने ३७ वर्षीय पुरुष, पोखरा ८ का ५५ वर्षीय पुरुष र पोखरा १५ का ५६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परी स्वाब दिएका उनीहरुको परीक्षण रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।
उता तनहुँको भानु नगरपालिका ५ का ४४ वर्षीय पुरुषको नमुना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ भने, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गोरखा जिल्ला १३ घर भएका ३२ र ३६ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमित मध्ये गोरखाका २ संक्रमितलाई आइसोलेसन कक्षमा लगिसकिएको छ भने, अन्यलाई लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २१४४ पुगेको छ ।

सम्बन्धित खबर
लमजुङमा पहिरोले घर भत्किँदा बाबु-छोरीको मृत्यु
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा