फेवासिटी अस्पतालमा उपचाररत लमजुङकी ७१ वर्षीया बृद्धामा कोरोना पुष्टि

फेवासिटी अस्पतालमा उपचाररत लमजुङकी ७१ वर्षीया बृद्धामा कोरोना पुष्टि

Fewa-City

पोखरा – पोखराको नागढुंगास्थित फेवासिटी अस्पतालमा उपचाररत एक बृद्धामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा फेवासिटी अस्पतालमा उपचारत लमजुङ जिल्ला बेसीशहर नगरपालिका -१० घर भएकी ७१ वर्षीया बृद्धामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । अस्पतालमा उपचाररत बृद्धामा कोरोना आशंकामा पोखरामै स्वाब संकलन गरिएको थियो ।

यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका -६ बस्ने ३७ वर्षीय पुरुष, पोखरा ८ का ५५ वर्षीय पुरुष र पोखरा १५ का ५६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परी स्वाब दिएका उनीहरुको परीक्षण रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।

उता तनहुँको भानु नगरपालिका ५ का ४४ वर्षीय पुरुषको नमुना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ भने, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गोरखा जिल्ला १३ घर भएका ३२ र ३६ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित मध्ये गोरखाका २ संक्रमितलाई आइसोलेसन कक्षमा लगिसकिएको छ भने, अन्यलाई लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ  । यो संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २१४४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds