पोखरा महानगरमा मंगलबार थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा ६ लेकसाइडका एक पर्यटन व्यवसायी र होम आइसोलेसनमा रहेकी महिलामा कोरोना पुष्टि भएको हो ।
पोखरा ६ का ४५ वर्षीय पुरुष र पोखरा – १३ की २४ वर्षीया महिलामा कोरोना देखिएको हो । स्वास्थ्य निर्देशनालयले गण्डकीको विज्ञप्तीमा भने महिला र पुरुष फरक पर्न गएको महानगर श्रोतले जनाएको छ ।
पोखरा – ६ मा संक्रमण पुष्टि हुने व्यक्ति पर्यटन व्यवसायी रहेको र उनी पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत रहेको निर्देशनालयले जनाएको छ । पोखरा १३ की महिला भने होम आइसोलेसनमा रहेको निर्देशनालयले उल्लेख गरेको छ । उनी पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषका छोरी रहेको खुलेको छ ।
गण्डकी प्रदेशमा मंगलबार बिहान थप ३९ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ०५ पुगेको छ । गण्डकीमा कूल निको भएकाको संख्या १ हजार ६ सय ९६, मृत्यु संख्या १५ र अहिले एक्टिभ केस ४९५ छन् । कास्कीमा मात्रै ५ जनाको मृत्यु, ३३१ जना संक्रमित, २०३ जना निको भएका र एक्टिभ केस १२३ छन् ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु