फेरि बलात्कार ! पोखरा १० मै अर्का भूपू भारतीय सैनिक गुरुङबाट २३ वर्षीया महिला बलात्कृत

फेरि बलात्कार ! पोखरा १० मै अर्का भूपू भारतीय सैनिक गुरुङबाट २३ वर्षीया महिला बलात्कृत

arrested

पोखरा वडा नं. १० मा २ दिन नबित्दै अर्का बलात्कार आरोपी पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. १० अन्नपूर्ण टोल बस्ने ५५ वर्षीय हरि बहादुर गुरुङ पक्राउ परेका हुन् । उनी भूपू भारतीय सैनिक हुन् ।

यसअघि, सोमबार मात्रै पोखरा १० मै रामबजारकी ९ वर्षीया बालिकालाई महिनौंदेखि यौन शोषण गर्दै आएका रेस बहादुर गुरुङलाई कास्की प्रहरीले स्याङ्जाबाट पक्राउ गरी सार्वजनिक गरेको थियो ।

कास्कीका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार गत भाद्र १२ गते राति अन्दाजी ८ः३० बजेको समयमा २३ वर्षीया युवतीलाई डर र धम्की देखाई हरि गुरुङले जबर्जस्ती गरेका थिए ।

जबर्जस्तीको आरोप लागेका आरोपीत गुरुङलाई पक्राउ गरी करणी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीमा मुद्धा दर्ता गरिएकोमा अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ