म्याग्दीमा ४३ जना डेंगुका बिरामी, यस्ता छन् लक्षण र बच्ने उपाए

म्याग्दीमा ४३ जना डेंगुका बिरामी, यस्ता छन् लक्षण र बच्ने उपाए

dengue-fever

बेनी – म्याग्दीमा पुनः डेंगुको संक्रमण देखिएको छ । जिल्ला सदरमुकाम बेनी बजारका दुई जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु ट्राभल हिष्ट्री नभएका स्थानीय हुन् ।

यस्तै जिल्लामै ४ जना स्क्रव टाइफसका बिरामी पनि भेटिएका छन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म जिल्लामा कुल ४३ जनामा डेंगु र २० जनामा स्क्रव टाइफसको संक्रमण पुष्टि भएको छ । गत बर्ष भाद्र महिनाको अन्तिम साता म्याग्दीमा पहिलो डेंगुको बिरामी फेला परेका थिए ।

 डेंगु कसरी सर्छ ? 

डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यी लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ। औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ।

यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन्।

डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन । क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो। यो आफैं निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ। तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ।

डेंगु लक्षण

– ज्वरो आउने
– बेस्सरी टाउको दुख्ने
– आँखाको गेडी दुख्ने
– शरीरमा डाबरहरु आउने
– अरुचि हुने
– जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने
– पेट तथा आन्द्रामा गडबडी हुने
केही बिरामीमा सुरुमै शरीरभरि खटिरा आउँछन् । त्यस्तै शरीरमा डण्डिफोर जस्तो डावरहरु देखिन्छन् । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिजाबाट रक्तश्राव हुने र छालामुनि रक्तस्राव हुने हुन्छ।

बच्ने उपाय

– यो रोगबाट बच्नका लागि मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु पर्दछ। यसका लागि लामखुट्टेको नियन्त्रण नै सबैभन्दा उत्तम उपाय हो।
– पुरा शरीर ढाकिने गरी कपडा लगाउने
– लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्ने
– राती र दिउँसो पनि झुलभित्र सुत्ने
– घर वरपर वा खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउने
– झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने

लामखुट्टेले फुल पार्ने ठाँउमा फुल पार्न नदिन गर्नुपर्ने उपाय

– पानी राख्ने भाँडाहरु जस्तै पानी ट्याङ्की, ग्रागी, दहीको कतारो, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने
– लामखुट्टेको नियन्त्रणका लागि घर वरपर पानी जम्न नदिने, खाल्डा खुल्डी पुर्ने र घर आँगन सफा राख्ने
– घर वरपर सवारी साधनका टायर, गमला लगायतका कुरामा मा पानी जम्न नदिने र सफा गर्ने

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ