लमजुङ र बाग्लुङका थप ८ जनामा कोरोना संक्रमण

लमजुङ र बाग्लुङका थप ८ जनामा कोरोना संक्रमण

Corona Trot Swap

पोखरा – स्वास्थ्य निर्देशनालयको बुधबार साँझको पछिल्लो अद्यावधिक विवरण अनुसार गण्डकीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका दुई जिल्ला लमजुङ र बाग्लुङ जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

संक्रमितहरु लमजुङ बेसीशहर नगरपालिका वडा नं -३ का ५८ र ४१ वर्षीया महिला, बेसीशहर ५ का २३ वर्षीय युवक, बेसीशहर ८ की २२ वर्षीय युवती सहित बेसीशहर कै २४ वर्षीय (वडा नखुलेको) पुरुष रहेका छन् ।

यस्तै लमजुङकै मर्स्याङदी गाउँपालिका ६ का २१ वर्षीय युवक र कोह्लासोथर गाउँपालिकाका २९ वर्षीय (वडा नखुलेको) पुरुष रहेका छन् ।

यता बाग्लुङको गलकोट नगरपालिका ७ का २१ वर्षीया युवतीको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । यो, संगै गण्डकीमा कोरोना संक्रमितको संख्या २२७३ पुगेको छ भने, संक्रमणकै कारण प्रदेशका १५ जनाले ज्यान गुमाइसकेका छन्  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds