बाग्लुङ – बाग्लुङको ढोरपाटनमा अविरल वर्षापछि आएको बाढीमा परेर बेपत्ता भएका मध्ये ८ जनाको शव फेला परेको छ । घटनामा अझै ५ जना बेपत्ता छन् ।
अविरल वर्षाका संगै बाग्लुङको ढोरपाटन नगरपालिका -९ स्थित भुसुण्डे, दुनेपोखरा, लाकुरीबोट लगायतका स्थानमा पहिरो जाँदा १३ जना बेपत्ता रहेकोमा अहिलेसम्म ८ जनाको शव फेला परेको बालुङका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद रेग्मीले गण्डक न्युजलाई बताए ।
यता प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोमा परी बेपत्ता भएका मध्ये यो समाचार तयार पार्दासम्म एक जनाको मात्र सनाखत भएको छ । ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने वर्ष २६ कि केशमाया विकको सनाखत भएको हो । उनको घर नजिकै खोला किनारमा शव फेला परेको थियो ।
यस्तै फेला पारिएका शव मध्ये झर्नेबगर स्थित खोलाको किनारमा फेला परेको अन्दाजी ३०-३२ वर्षको पुरुषको शव, ढोरपाटन- ५ बुडाथोक स्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा अन्दाजी वर्ष ३०-३५ को पुरूषको शव, बडिगार्ड -५ बालुवा स्थित वर्ष अन्दाजी २०-२२ का युवकको शव, बडिगार्ड – ७ खोप्चेमा अन्दाजी वर्ष १२-१३ एक किशोरको शव, ढोरपाटन- ३ भुजिखोला किनारमा अन्दाजी ३०-३२ वर्षको पुरुषको शव, ढोरपाटन-२ चुरेलाबासमा अन्दाजी वर्ष २०-२२ की महिलाको शव र ढोरपाटन नगरपालिका -५ पेङखोलामा अन्दाजी वर्ष १२- १५ की बालिकाको शवको सनाखत भैनसकेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
यस्तै पहिरोमा ४ परी जना घाइते भएका छन् । घाइतेहरु ढोरपाटन ४ दुनेपोखरा बस्ने वर्ष १५ को महेन्द्र पुन, सोही स्थान बस्ने वर्ष २८ की सरीता घर्ती, वर्ष ४२ को धर्मेन्द्र पुन र वर्ष ५४ की बेलमती पुन रहेका छन् ।
घाइते मध्ये महेन्द्र पुनको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ ।
पहिरोमा परी ढोरपाटन -९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन लगायत स्थानीय १३ वटा घर पूर्णरूपमा बगाएर क्षति भएको छ । भने, पहिरोमा परी भुसुन्डेमा पार्किंङ गरी राखेको ग १ ज ४१२५ नम्वरको पिकअप जिप समेत बगाएको छ ।
घटनास्थलमा अहिले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख, लगायत अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि साथै ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायतको टोली खटिएको छ ।
घटनाका विषयमा थप अनुसन्धान तथा उद्दार कार्य भईरहेको छ ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह