बाग्लुङ – बाग्लुङको ढोरपाटनमा बाढीबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले नगद ५० हजार राहत उपलब्ध गराएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको एक टोलीले ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार आएको बाढीका कारण ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति ५० हजारका दरले राहत उपलब्ध गराएको हो ।
टोलीले बाढीमा बाँच्न सफल भएका तर, घर गुमाएर विस्थापित भएकाहरुलाई समेत टेन्ट, म्याट्रेस, भाँडाकुँडा, प्राथमिक उपचारका सामाग्री लगायत अन्य राहत सामाग्री पनि हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री गुरुङ सहितको टोली आज नै पोखराबाट राहत सामाग्री बोकेर हेलीकप्टर मार्फत घटनास्थल पुगेको थियो । राहत वितरण गर्दै मुख्यमन्त्री गुरुङले यो तत्कालको राहत भएको र अरु धेरै काम प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाए । उनले बाढी प्रभावितहरुको अस्थायी बसोबासका लागि पालिका र संघको सहयोगमा तत्काल १ लाख रुपैयाँ उपलब्ध गराउने पनि बताए ।

गुरुङका अनुसार स्थायी आवास निर्माणका लागि संघ सरकारले उपलब्ध गराउने प्रतिपरिवार ३ लाख रुपैयाँमा गण्डकी प्रदेशले समेत थपेर सहयोग गर्नेछ । “बाढी प्रभावितहरुको पक्की र भूकम्प प्रतिरोधी आवास बन्नुपर्छ भन्ने प्रदेश सरकारको मान्यता हामी साकार पार्नेछौं । गुरुङले भने ।”
भुजीखोलाको किनार आफैंमा जोखिमपूर्ण ठाउँ रहेकाले बाढी विस्थापितहरुलाई सुरक्षित स्थानमा एकीकृत बस्ती बनाएर राख्ने र, यो कामका लागि प्रदेश सरकारले काम सुरु गर्न बिलम्व नगर्ने गुरुङको प्रतिक्रिया थियो ।
बाढी गएकै दिन घटनास्थल पुगेर पीडितलाई राहत उपलब्ध गराउने चाहना भएपनि मौसमी प्रतिकूलता बाधक बनेकोमा प्रदेश सरकारले क्षमायाचना समेत गरेको छ ।
सम्बन्धित खबर
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’