गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि

Gandaki covid corona 5

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि भएको छ । आजको पहिलो अद्यावधिक विवरण अनुसार गण्डकीमा ६ जिल्लाका ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जनामा पोजेटिभ देखिएको हो । संक्रमित सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५ सय १४ पुगेको छ । तीमध्ये १७ सय ६६ जना निको भएका छन् भने १८ संक्रमितको मृत्यु भएको छ ।

पार्कल्याण्ड अस्पतालका २ स्वास्थ्यकर्मी सहित पोखराका थप २० जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ