पार्कल्याण्ड अस्पतालका २ स्वास्थ्यकर्मी सहित पोखराका थप २० जनामा कोरोना संक्रमण पुष्टि

पार्कल्याण्ड अस्पतालका २ स्वास्थ्यकर्मी सहित पोखराका थप २० जनामा कोरोना संक्रमण पुष्टि

Parkland Hospital Pokhara

पोखरा – आइतबार बिहानै पोखराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरका बिभिन्न ८ वडाका २० जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा १० का ४२ वर्षीय पुरुष, पोखरा ४ का ३५ वर्षीय पुरुष, पोखरा २७ का ४२ वर्षीय पुरुष र २३ र ४२ वर्षीया २ जना (वडा नखुलेको) महिलाको परीक्षणमा कोरोना  पोजेटिभ देखिएको निर्देशानालयले जनाएको छ ।

यस्तै क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरा ७ का २५ र ५२ वर्षीय पुरुष,पोखरा ८ का ३६ र ३८ वर्षीया महिला र ११ वर्षीय बालक सहित २७ र ४१ वर्षीय पुरुष, पोखरा १० का २५ र ५३ वर्षीया महिला र २७, ३१ र ५२ वर्षीय पुरुष, पोखरा २७ का ३६ वर्षीय पुरुष र पोखरा ३ का २८ र ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ  ।

पोखरामा आज पुष्टि भएका २ जना महिला अमरसिंह स्थित पार्कल्याण्ड अस्पतालका स्वास्थ्यकर्मी हुन् । कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका उनीहरु सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ