पोखरा – पोखरा महानगरमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो क्रममा रहेको छ ।
स्वास्थ्य निर्देशनालयको सोमबार बिहानको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका ३१ जनामा कोरोना पुष्टि भएको उल्लेख छ । पछिल्लो समय पोखरामा अस्पताल, बैंक तथा वित्तीय संस्था, प्रहरी कार्यालय लगायत उद्योग धन्दा जहाँ दिनहुँ दर्जनौं मानिसको आवतजावत हुने गर्दछ, ती स्थानमा संक्रमणको दर उच्च देखिएको छ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखराको मेडिसिटी अस्पतालमा उपचारत ७८ वर्षीय बृद्ध र ७३ वर्षीया बृद्धामा कोरोना पुष्टि भएको छ, भने पोखराको पृथ्बीचोक स्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्षका दुई जना महिला स्वास्थ्यकर्मी र ३६ र २७ वर्षका दुई जना सहयोगी महिला कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
यस्तै पोखरा औद्योगिक क्षेत्रमा रहेको पोखरा फूड्समा कार्यरत २५ जनामा एकैपटक कोरोना संक्रमण देखिएको छ । २२ वर्ष देखी ४० वर्ष उमेर समुहका १७ जना महिला कर्मचारी र २२ देखी ४० वर्ष उमेर समुहका ८ जना पुरुष कर्मचारीको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका सबै जना कन्ट्याक्ट ट्रेसिङ मार्फत पहिचान भएका व्यक्तिहरु हुन् । उनीहरु सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ