एजेन्सी । पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियान एम्बाप्पेमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
लक्षणविहीन रहेका उनले राष्ट्रिय टोलीलाई छाडेका छन् र युईएफए नेसन्स लिगमा मंगलबार पेरिसमा हुने क्रोएसियाविरुद्धको खेल खेल्ने छैनन् ।
शनिबार स्वीडेनविरुद्धको खेलमा भने उनले सहभागिता जनाएका थिए ।
उक्त खेलमा उनको एक मात्र गोलको मद्दतले फ्रान्स १–० ले विजयी बनेको थियो ।
सन् २०१८ को विश्वकप फाइनलको ‘रिप्ले’ मा भने उनले खेल्न नपाउने भएका छन् ।
‘किलियान एम्बाप्पे मंगलबार क्रोएसियाविरुद्ध मंगलबार स्टाडे डे फ्रान्समा हुने खेलमा सहभागी हुनेछैनन्,’ फ्रान्सको फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युईएफएले सोमबार बिहान गरेको कोभिड–१९ को परीक्षणमा उनी पोजेटिभ पाइएका छन् । नतिजा प्राप्त भएपछि उनलाई टोलीबाट छुट्टै राखिएको थियो । अहिले उनी आफ्नो घर फर्किएका छन् ।’
बिहीबारबाट पीएसजीले लिग वानको नयाँ सिजन सुरु गर्दैछ । उक्त खेलका लागि पनि एम्बाप्पेको सहभागितामा आशंका व्यक्त गरिएको छ ।
बिहीबार लेन्ससँगको खेलपछि पीएसजीले आइतबार ‘ले क्लासिक’मा चिरप्रतिद्वन्द्वी मार्सेको सामना गर्नेछ ।
पीएसजीका धेरै खेलाडीहरुमा यतिबेला कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
नेयमार, माकिन्होस, केयलर नाभास, एन्जेल डि मारिया, माउरो इकार्डी र लेनार्डो पारेडेसमा यसअघि नै संक्रमण पुष्टि भइसकेको छ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु