गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कोरोना महामारीका कारण ११ चैतदेखि नै मुलुक लकडाउनमा थियो । तर, एक महिना नबित्दै सरकारको निर्णय उल्लंघन गर्दै पोखरा औद्योगिक क्षेत्र भित्रका केहि उद्योगहरु संचालन गरिएको पाइएको थियो । पत्रकारहरु त्यहाँ पुग्दा धमाधम उत्पादनका कामहरु भइरहेका थिए ।
अत्यावश्यक सेवा सम्वन्धी उद्योग तथा व्यापारहरु मात्र संचालन गर्न छुट दिइएको भए पनि कतिपय अत्यावश्यक भित्र नपर्ने उद्योगहरु पनि विभिन्न बहानावाजी गरेर संचालन गरिरहेको पाइएको थियो । सरोकारवाला निकाय कानमा तेल हालेर बसेका थिए । अत्यावश्यक उद्योगहरु संचालन गर्दा विशेष सावधानी अपनाउनु पर्ने सरकारको निर्देशन थियो । उद्योगमा काम गर्ने मजदुरहरुको सामाजिक दुरी र भौतिक दुरी कायम गर्नु, सुरक्षा सामग्रीहरु उपलव्ध गराउनु अनिवार्य थियो भने मजदुर कामदारहरुलाई आवासिय सुविधा उद्योग कम्पनीले गर्नु पर्ने थियो तर यि सवै कुरा पूरा नगरी पोखरा औद्योगिक क्षेत्र भित्रका करिब १ दर्जन उद्योगहरु संचालन गरिएको थियो ।
हेर्नुहोस् यो भिडियो:
त्यसबेला नै जोखिम निम्तिने खतरा उत्पन्न भइसकेको थियो । नभन्दै झण्डै ४ महिनापछि आएर अहिले औद्योगि क्षेत्र कोरोना हब बनेको छ । पोखरा औद्योगिक क्षेत्रको ठूला उद्योग मध्ये गनिने पोखरा फुड्स प्रा.लि. (बिस्कुट कारखाना) र गौरीशंकर फुड्स प्रा.लि.ले सरकारले तोकेको मापदण्ड पूरा नगरी कारखाना संचालन गरेर लकडाउनको उल्लंघन मात्र गरेनन् कामदार मजदुरहरुको स्वास्थ्यमा गम्भिर जोखिममा पारेका थिए । त्यहाँ कार्यरत एक कर्मचारी भन्छन्ः ‘के गर्नु हजुर, काम नगरी भएन । कम्पनीले उल्लंघन नै गरेर काम खोलेकोमा हामी त खुशी नै थियौं तर सुरक्षाका उपाए केही अपनाएनन् । पीपीई त टाढाको कुरा साबुनपानी, स्यानेटाइजर समेत थिएन ।’
आज मंगलबार मात्रै पोखरा फुड्स प्रा.लि.का २४ जनामा कोरोना पुष्टि भयो । यससँगै एउटै कम्पनीमा ८३ जनालाई कोरोना देखिएको छ । केही दिन अघि पोखराकै अर्को ठूलो उद्योग कर्माचार्य फुड्समा समेत एक जनामा कोरोना पुष्टि भएको थियो ।
यसअघि, सोमबार २५ जना पोखरा फुड्सका थिए । यी दुई दिन क्षेत्रीय स्वास्थ्य निर्देशनालयले विज्ञप्तीमा प्रष्ट रुपमा यहाँका कर्मचारी भनेर खुलाएको थियो । त्यसअघि, विहीबार २७ जना भेटिएकोबारे केही बताएको थिएन । यसबारे गण्डकन्यूजमा समाचार नै प्रकाशित भएको थियो । त्यसपछिका दिनहरुमा विज्ञप्तीमा खुलेको छ । शुक्रबार पनि केहीमा कोरोना देखिएको बताइन्छ ।
सोमबार पोखराका ३१ जना संक्रमित मध्ये २५ जना पोखरा फुड्समै कार्यरत मजदुर र कर्मचारी हुन् । मंगलबार पोखराका ३१ जनामा २४ जना पोखरा फुड्सकै कर्मचारी हुन् । यी सबै बिष्कुट फ्याक्ट्रीमा कार्यरत मजदुर कर्मचारी हुन् । ती मध्ये कसैलाई पनि कोरोना भाइरस संक्रमणको लक्षण भने नरहेको कम्पनीका एक कर्मचारीले बताएका छन् । अहिले भने उद्योग बन्द छ । संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब निकाल्ने कार्य भइरहेको छ। जोखिमयुक्त समूहको परीक्षण गर्ने क्रममा औद्योगिक क्षेत्रमा बुथ राखेर स्वाब संकलन गरिएको थियो । त्यसपछि संक्रमित पत्ता लाग्न थालेको हो ।
पोखरा फुड्स प्रालि उद्योगी हरि पाण्डेको हो । औद्योगिक क्षेत्रका कामदारमा कोरोना देखिएपछि त्यहाँ कार्यरत कामदारहरु त्रसित छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’