तनहुँ । कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा तनहुँले सिकाई व्यवस्थापन प्रणाली सम्बन्धी अनलाइन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा पुगेको असर र प्रविधि प्रयोग गरी कक्षा सञ्चालनका लागि गर्न सकिने आधार, सम्भावना र अप्ठ्याराका विषयमा छलफल गर्ने उद्देश्य सहित बुधबार कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) सूचना प्रविधिसँग जोडिएको संस्था भएकाले यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास लिइएको जिल्ला शाखाका अध्यक्ष टिकाराम पनेरुले जानकारी दिए । भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा जिल्लाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षासँग सम्बन्धित व्यक्ति र प्रविधिसँग सम्बन्धित व्यक्ति तथा सरोकारवालाको सहभागिता रहने पनेरुले बताए ।
उक्त प्रशिक्षणमा रेगबहादुर भण्डारी र सगुन ढुङ्गानाले सहजीकरण गर्नुहुनेछ । कार्यक्रम सञ्चालनका लागि प्याब्सन, नेशनल प्याब्सनसँग सहकार्य गरिएको छ भने प्रशिक्षक एवं प्राविधिक पक्षका लागि कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) केन्द्रले सहयोग पुर्याएको छ ।
बिहान ८ : ३० बजेदेखि शुरु हुने उक्त कार्यक्रम जुम मार्फत् हुने भएकाले जुम आइडी ९८१२४१९३३१७ र पासवर्ड ३३३१० प्रयोग गरी इच्छुक जोडिन सक्ने कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) जिल्ला शाखाले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा