शनिबार पोखरामा थपिए ५ वडाका १० कोरोना संक्रमित

शनिबार पोखरामा थपिए ५ वडाका १० कोरोना संक्रमित

Pokhara valleyy

पोखरा –शनिबार पोखराका थप १० जनामा कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

 पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा  गरिएको परीक्षणमा पोखरा ३ का ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ५ का ४५ वर्षीया महिला, पोखरा २८ का ४८ वर्षीय पुरुष, पोखरा ७ का २८ र २७ वर्षका पुरुष, पोखरा १६ का ३४,१८, २१, १८ र १६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

संक्रमित सबैलाई  आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २८६५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds