पोखरामा मृत्युपछि एक महिलाको रिपोर्ट कोरोना पोजिटिभ आएको छ । बिहीबार राति मृत्यु भएकी महिलाको आज कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका–५ मालेपाटनकी ४७ वर्षीया महिलाको शुक्रबार बिहानै अन्त्येष्टि गरिएकोमा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
लामो समय ब्लड क्यान्सरबाट पीडित उनी स्वास्थ्यमा समस्या भएपछि पोखरा गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा तीन दिनअघि भर्ना भएकी थिइन् । बिहीबार बिहान कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोमा राति सवा १ बजे भेन्टिलेटरमा रहँदा मृत्यु भएको थियो ।
अस्पतालले कोरोनाका कारणले नभई मृत्यु अन्य कारणले भएको जनाउँदै भोलिपल्ट बिहान परिवारजनलाई शव हस्तान्तरण गरेपछि परिवारले अन्त्येष्टि गरेका थिए ।
महिलाको अन्त्येष्टिमा ठूलो संख्यामा उपस्थिति रहेको थियो । पर्यटन व्यवसाय क्षेत्रमा संलग्न रहेकाले पनि दाहसंस्कारमा धेरैको उपस्थिति रहेको थियो । अस्पताल प्रशासनले नमूना लिइसकेपछि त्यसको रिपोर्ट नआउँदै परिवारलाई शव हस्तान्तरण गर्नु गम्भिर लापरवाही भएको स्वास्थ्य महाशाखाको भनाई छ । महाशाखाले मलामी गएका सबैजनालाई कम्तिमा पाँच दिन अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्न समेत आग्रह गरेको छ ।
फिस्टेल हस्पिष्टलको गम्भिर लापरबाही !
महिलाको मृत्यु कोरोनाबाट होइन भन्दै शव अस्पतालले दिएपछि परिवारले पनि निर्धक्क भएर संस्कार अनुसार नै अन्त्येष्टि गरेकोमा मृत्युको १ दिनपछि रिपोर्ट पोजिटिभ आयो । महिला अस्पतालमा उपचारका लागि ल्याएपछि पीसीआर जाँच गर्न स्वाब पठाइयो तर रिपोर्ट नआउँदै शव आफन्तलाई जिम्मा दियो ।
हस्पिटलको यस्तो बेवास्ताले एक त उपचारमा खटिने स्वास्थ्यकर्मीहरु नै असुरक्षित हुन पुगे । अर्को त संक्रमित व्यक्तिको शव परिवारलाई दिँदा आफन्त, परिवारजनका साथै मलामी जानेहरुलाई पनि जोखिम बढायो ।
बिरामीहरु जाने हस्पिटल जस्तो ठाउँमा समेत जोखिम बढ्यो । आफ्नो स्वास्थ्यको परवाह नगरी उपचारमा खटिने चिकित्सक, नर्सहरु यस्ता परिस्थितिसँग जुध्दै अघि बढ्नुपरेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका स्वास्थ्य अधिकृत नवराज शर्माले बुँदागत रुपमै अस्प्ताललाई केही प्रश्न गरेका छन् ।
उनले लेखेका छन्ः
पोखरामा रहेको फिस्टेल अस्पतालले प्रष्ट पार्नुपर्ने केहि प्रश्नहरु :-
१, मृतक महिलाको कोरोनाको नमुना परिक्षण किन गरेको ?
२, परिक्षणको लागि नमुना क्षयरोग केन्द्रमा पठाएपछी मृतकको शब किन परिबारलाई हस्तान्तरण गरिएको ? एक दिन पनि रिपोर्ट कुर्न किन नसकेको ?
३, नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल संचालकलाई थाहा नभएको हो ?
४, कि अस्पताल प्रसाशनले प्रदेश सरकारलाई अटेरी गरिएको हो ?
५, अस्पताल प्रशासनले गरेको गल्तिले गर्दा हिजो मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी फिस्टेल अस्पतालले लिने कि नलिने ?
६, यो गल्तीमा प्रदेश सरकारले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने ?
७, के फिस्टेल अस्पतालले जे गरेपनि हुने हो, मनपरी छ अस्पताललाई जनस्वास्थ्यको बिषयमा ?
८, यो महामारीको बेलामा यस्तो मनपरी किन ?

सम्बन्धित खबर
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल