पोखरा –पोखरामा आज शनिबार ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य निर्देशनालयको पहिलो र दोर्सो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा वडा नं. ३ का ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा वडा नं. ५ का ४५ वर्षीया महिला, पोखरा वडा नं. २८ का ४८ वर्षीय पुरुष, पोखरावडा नं. ७ का २८ र २७ वर्षका पुरुष, पोखरा वडा नं. १६ का ३४,१८, २१, १८ र १६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

- दाेस्राे अद्यावधिक विज्ञप्ति अनुसार १७ महिलासहित २४ संक्रमित थपिएका थिए ।
पोखराका थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार दिउँसो पोखराका ८ वटा वडाका थप २४ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । यीमध्ये १७ जना महिला छन् । यसअघि, आजै पोखराका ५ वडाका १० जनामा कोरोना पुष्टि भएको थियो ।
पछिल्लो जानकारी अनुसार पोखरा महानगरका वडा नं. १३ का २९ वर्षीय पुरुष, वडा नं. १ का ३७ र १८ वर्षका २ पुरुष, वडा नं. १० का ५७ २६, ३७, ३८ वर्षीया ४ महिला, वडा नं. १२ का ५१, ४६, ४६, ३३, १०, ३४, २७ वर्षीया ७ महिला तथा १५ र ३५ वर्षका २ पुरुष, वडा नं. १८ का १७ वर्षीया महिला , वडा नं. २७ का ३७, १५ वर्षीया २ महिला तथा १६, १५ वर्षका २ पुरुष, वडा नं. २७ का उमेर नखुलेको एक पुरुष, वडा नं. २८ का २७ वर्षीया महिला र वडा नखुलेका २५ वर्षीय पुरुष रहेका छन् ।

कास्कीमा हालसम्म ५८८ संक्रमित फेला परेको छ, जसमध्य २३३ जना निको भएर घर फर्किसकेको छन् भने सक्रीय् संक्रमित ३४६ रहेको छ । कास्कीमा अहिले सम्म ९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते