पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत महिलासहित पोखरामा थप २ जनामा कोरोना पुष्टि

पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत महिलासहित पोखरामा थप २ जनामा कोरोना पुष्टि

Gandaki Hospital

आइतबार पोखराका थप २ जनामा कोरोना संक्रमण भेटिएको छ । आइतबार स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका २ वडाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको  छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा १६ का २० वर्षीया महिला, पोखरा ९ का ७० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

पोखरा महानगरपालिका-१६ का २० बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी पोखरा -९ का ७० बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा उपचाररत बिरामी भएको निर्देशनालयले खुलाएको छ ।

कास्कीमा हालसम्म ५९० संक्रमित फेला परेको छ, जसमध्य २३३ जना निको भएर घर फर्किसकेको छन् भने सक्रीय् संक्रमित ३४८ रहेको छ । कास्कीमा अहिले सम्म ९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकीमा थप ५ जिल्लाका ३२ सन्क्रमित् थपिएका छन् । यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २९३५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ