पोखरा– गण्डकीमा आइतबार बिहानै ३२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयको आइतबार बिहानको पहिलो विज्ञप्ति अनुसार प्रदेशका ५ जिल्लाका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमित फेला पर्नेमा स्याङ्गजा, कास्की, लमजुङ, तनहुँ र नवलपुरका छन् ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिकाका २४ वर्षीय (वडा नखुलेको) पुरुष, पुतलीबजार नगरपालिका वडा नं -२ का ३२ वर्षीय पुरुष, वडा नं ३ का ७६ वर्षीय पुरुष र पुतलीबजार कै वडा नखुलेकी २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
यता कास्कीको पोखरा महानगरपालिका वडा नं १६ र ९ मा क्रमश २० वर्षीया महिला र ७० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ का २२ देखि ४१ वर्ष उमेर समुहका १६ जना पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । भने, जिल्ला सदरमुकाम बेशीसहर नगरपालिका एक ५२ वर्षीया महिलाको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यस्तै तनहुँको भानु नगरपालिका ४ का ५० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
उता चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोट, मध्यबिन्दु र हुप्सेकोटका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
गैंडाकोट नगरपालिका वडा नं ४, १६, ७, १०, र ११ का १६ देखि ५२ वर्ष उमेर समुहका महिला र पुरुष गरी ६ जना र मध्यबिन्दु गाउँपालिका १ र हुप्सेकोट गाउँपालिका ४ का क्रमश २८ वर्षीय पुरुष र २१ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
उल्लेखित विवरणमा पुष्टि भएका संक्रमित मध्ये पोखरा १६ का २० वर्षीया संक्रमित महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेकी छन् । भने, पोखरा ९ का ७० वर्षीय पुरुष र स्याङ्गजा पुतलीबजार नगरपालिका ३ का ७६ वर्षीय पुरुष मणिपाल शिक्षण अस्पतालमा उपचाररत रहेको बुझिएको छ ।
लमजुङको सुन्दर बजार ९ मा पुष्टि भएका सबै १६ जना पुरुष नेपाल आर्मीमा कार्यरत रहेको निर्देशनालयले जनाएको छ । यसबाहेकका अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
यो संगै, गण्डकीमा कोरोना संक्रमितहरुको संख्या २९३५ पुगेको छ ।

सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला