काठमाडौ । सरकारले कोरोना परीक्षणको शुल्क २ हजार तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत अबदेखि कोरोना परीक्षणको शुल्क २ हजार निर्धारण गरिएको बताए ।अन्तर्राष्ट्रिय बजारमा किटको मूल्यमा भारी गिरावट आएसँगै नेपालमा पनि पीसीआर टेस्टको शुल्क अधिकतम २ हजार तोकिएको डा.गौतमले बताए ।
स्वास्थ्य मन्त्रालयले शुरुमा नेपालमा ५ हजार ५ सयमा पीसीआर परीक्षण गराएको थियो । उक्त शुल्क केही सयम अघि घटाएर ४ हजार ४ सय कायम गरेको थियो ।
विभिन्न प्रयोगशाला तथा निजी असपतालहरुले २५ सयमै कोरोना परीक्षण गर्न थालेपछि सरकारले पीसीआर परीक्षणको शुल्क महंगो लिएको जनगुनासो बढेको थियो । कोरोना परीक्षणको शुल्क निजी अस्पतालको भन्दा सरकारी प्रयोगशालाको बढी भएको भन्दै आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्रालयले परीक्षण शुल्क घटाएर २ हजार बनाएको हो ।
डा गौतमले बंगलादेशबाट ५ हजार भाइल रेम्डेसिभिर उपलब्ध भएको भन्दै उक्त औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार प्रयोग गर्न सुचीकृत भएका अस्पतालहरुमा मात्र बिरामीको चाँपको आनुसार वितरण गर्ने बताए ।
उनले त्यसको सम्पूर्ण विवरण परिषद्ले नै स्वास्थ्य मन्त्रालयले पेस गर्नुपर्ने पनि बताए । यस्तै नेपालमा एम्बुलेन्सहरु बिरामी बोक्ने बाहेक अन्य काममा प्रयोग भइरहेको गुनासो बढेको हुँदा यस्तो गरेको पाइए उनीहरुको दर्ता खारेज गरिने पनि डा. गौतमले बताए ।
सम्बन्धित खबर
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति समक्ष पेश
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह