कास्की जिल्लामा आजमात्रै ५४ जनामा कोरोना पुष्टि भयो । यसमध्ये पोखरा महानगरमा मात्रै आज ५० जनालाई कोरोना पुष्टि भएको हो । रुपा गाउँपालिकामा ४ जना थपिए । पोखरामा अहिलेसम्मकै धेरै संक्रमित फेला परेको हो । यसअघि सबैभन्दा धेरै भनेको एकैदिन ३४ जना थिए । गण्डकीमा आज ९३ जना थपियो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ६४ पुगेको छ ।
पछिल्लो चौथो विज्ञप्ति अनुसार कास्कीमा थप ३४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १ का ६ वर्षीय बालक सहित २ जना महिला, वडा नम्बर ५ का १ जना पुरुष, ६ का १ महिला, ७ का ३ पुरुष, वडा नम्बर ८ का २ महिला सहित १ पुरुषलाई कोरोना पुष्टि भएको छ ।
त्यस्तै, वडा नम्बर ९ का १ महिला, वडा नम्बर १० का २ महिला सहित १ पुरुष, १३ का ४ महिला सहित १ पुरुष, वडा नम्बर १४ का २ महिला सहित १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, १७ का १ जना पुरुष, वडा नम्बर २५ का ८ वर्षीय बालिका सहित १ पुरुष र वडा नम्बर २६ का ३ महिला सहित १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, कास्कीको रुपा गाउँपालिकाका ४ जनालाई कोरोना पुष्टि भएको छ । गाउँपालिका अन्तरगत वडा नम्बर २ तथा ५ का ४ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
तनहुँका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाका वडा नम्बर नखुलेका २ जना पुरुष, वडा नम्बर ५ र ६ का १(१ जना पुरुष तथा वडा नम्बर ६ का १ महिला र १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै, लमजुङको मध्यनेपाल नगरपालिकाका ३ जनालाई संक्रमण पुष्टि भएको छ । नगरपालिका अन्तरगत वडा नम्बर ३ का १ पुरुष र वडा नम्बर ६ का १ महिला तथा १ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
स्याङ्जा जिल्ला, पुतलीबजारका ८० बर्षीया महिला गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत छन् भने पोखरा महानगरपालिका ९ का २६ बर्षीया महिला सोहि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी (स्टाफनर्श) हुन् । पोखरा महानगरपालिका २५ का ८ बर्षीया बालिका र १८ बर्षीय पुरुष, लमजुङ जिल्लाका तिनैजना व्यक्तिहरु भारतबाट आएका हुन् । अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएको हो ।

तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप ३ जनामा र गण्डकी प्रदेशमा थप ८ जना नयाँ संक्रमित कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा १० का २३ वर्षीय पुरुष, पोखरा( २७ का १२ वर्षका बालक पोखरा ९ का ६० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा नवलपरासीका ४ जना र तनहुँका ३ जना नयाँ संक्रमित कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

दोस्रो विज्ञप्तिअनुसार गण्डकी प्रदेशमा तनहुँका ११ जना र गोरखाका ९ जना गरी प्रदेशका थप २० जनामा कोरोना भाइरस देखिएको हो ।
निर्देशनालयका अनुसार तनहुँ ऋषिङ गाउँपालिकाका २, ३, ४, ५, ६ र ८ वडाका १९ देखि ५२ वर्ष उमेर समुहका ११ पुरुष तथा गोरखाको गोरखा १३ का ५२ वर्षीय पुरुष तथा २९ वर्षीया महिला र पालुङटारका १५ वर्षीया बालिका तथा १३ देखि ५५ वर्ष उमेर समुहका ६ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

पोखरामा स्वास्थ्यकर्मी र विदेशबाट आएका सहित थप १७ जनामा कोरोना पुष्टि
पोखरामा सोमबार बिहानै १७ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले पहिलो विज्ञप्ति जारी गर्दै कास्कीको पोखरा महानगरका ६ वटा वडाका ४ महिला र १३ पुरुषमा कोरोना भाइरस देखिएको जनाएको हो ।
निर्देशनालयका अनुसार पोखरा ४ का नेपाल प्रहरीमा कार्यरत २३, २४, २९, ३७ र ४५ वर्षीय पुरुष, पोखरा ७ का जापानबाट आएका ४४ वर्षीय पुरुष, पोखरा ८ की महानगरमा कार्यरत २१ वर्षीया स्वास्थ्यकर्मी महिला, पोखरा १४ का ६ वर्षीय बालक, २६ वर्षका पुरुष र ४६ वर्षीय भारतबाट आएका पुरुष तथा २५ , २८ र ३७ वर्षीया महिला, पोखरा १७ का नेपाल प्रहरीमा कार्यरत २४ र ३३ वर्षका पुरुष तथा भारतबाट आएका २७ वर्षीय पुरुष र पोखरा ३३ का भारतबाट आएका २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी विदेशबाट आएर क्वारेन्टिनमा बसेका बागलुङ बडीगाड १ का २२ वर्षीय पुरुष र ५ का ६० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

गण्डकीमा कोरोनाबाट थप १ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशको नवलपुर जिल्ला मध्यबिन्दु १२ का ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जनाएको हो ।
निर्देशनालयका अनुसार लुम्बिनी अस्पताल रुपन्देहीमा उपचाररत पुरुषको २६ गते दिउसो ४ः३० बजे मृत्यु भएको हो । मृतकमा निमोनिया र स्वासप्रस्वास सम्बन्धित समस्या रहेको निर्देशनालयले उल्लेख गरेको छ ।यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो