गण्डकीमा आज कोभिड १९ः पोखराका ५ सहित ५२ संक्रमित थपिए, प्रदेशभर २ को मृत्यु

गण्डकीमा आज कोभिड १९ः पोखराका ५ सहित ५२ संक्रमित थपिए, प्रदेशभर २ को मृत्यु

Gandaki covid corona 12

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार कास्कीको पोखरा महानगरका ५ जनासहित गण्डकी प्रदेशमा थप ५२ जना (गोरखाकी मृतकसहित) मा कोरोना भाइरस देखिएको जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १६ पुगेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले आज जारी गरेको पहिलो विवरणमा पोखराका ३ जनासहित गण्डकीमा ४७ जनामा पुष्टि भएको थियो । पोखराको मेट्रोसिटीमा कार्यरत ३२ वर्षीया सफाई कर्मचारी, नमुना परिक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका पोखरा १ र १४ का ४५ र १८ वर्षीय पुरुष तथा प्रतिष्ठान मै उपचारत तनहुँ शुक्लागण्डकी १० को २३ बर्षीया महिलामा कोरोना पुष्टि भएको जनाएको हो ।

त्यसैगरी, तनहुँ शुक्लागण्डकी कै थप ४ पुरुष, ३ महिला तथा देवघाट २ का २ वर्षीय पुरुष , गोरखा शहिदलखन ३ की १० वर्षीया बालिका, मनाङ नासाकी २३ वर्षीया महिला, लमजुङ बेशीसहर स्थित मोडल अस्पतालमा उपचाररत ७० बर्षीय पुरुष, स्याङ्जाको वालिङ, पुतलीबजार र आँधीखोलाका ७ पुरुष तथा ५ महिला एवं नवलपुरको गैँडाकोट, मध्यबिन्दु र बौदिकालीकाका १२ पुरुष र ८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

दोस्रो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४ जना संक्रमित पुष्टि भएको छ । पोखराकै २ जना थपिएका हुन् । अघिल्लो विवरणसहित पोखरामा ५ जना पुगेका छन् । पोखरा वडा नंं १० का एक पुरुष र वडा नं. ३५ की एक महिलामा पुष्टि भएको छ ।

गोरखा र स्याङ्जाका एक एक जनामा पोजिटिभ देखिएको छ । गोरखा गाउँपालिकाका २० वर्षीय पुरुष र स्याङ्जा गल्याङका ३३ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

पोखराको मनिपालमा नयाँबजारका कोरोना संक्रमितको मृत्यु

पोखराको मनिपाल अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको गएराति सवा ११ बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

भदौ २५ गते अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना पुष्टि भएको थियो । स्वाब परीक्षणपश्चात पोजिटिभ नतिजा आएपछि उनको आइशोलेसनमा उपचार भइरहेको थियो । नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको बुझिएको छ ।

योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिकाका एक र मादी गाउँपालिकाका एक जनाको ज्यान गएको छ ।

गोरखाकी महिलाको काठमाण्डौमा मृत्यु

गण्डकी प्रदेशमा मृतकको संख्या ३१ पुगेको छ । आजै गोरखामा पनि एक मृतक थपिएका छन् । बारपाक सुलिकोट ८ घर भएकी ६३ वर्षीया महिलाको सोमबार राति वीरेन्द्र अस्पताल छाउनीमा कोरोनाबाट ज्यान गएको आज पुष्टि गरेको हो । भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको उनलाई क्यान्सर रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

मृत्यु हुनेमा कास्कीका १०, गोरखाका ६, नवलपुरका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १, १ जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ