गण्डकी प्रदेशमा बुधवार बिहान चार जिल्लाका ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। नयाँ संक्रमितहरुमा कास्कीका २९ जना, गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जना रहेका छन् ।योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या तीन हजार १६६ पुगेको छ।
नयाँ संक्रमितमा कास्की जिल्ला, पोखरा महानगरपालिका.४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् । त्यस्तै वडा नम्बर १५ का ४० बर्षका २ जना पुरुषहरु, वडा नम्बर २७ का २८ बर्षीय पुरुष, वडा नम्बर ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।
त्यसैगरी रुपा-१ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै वडा नम्बर १ का २५ बर्षीय महिला पृथ्वीचोकस्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् ।
त्यस्तै तनहुँ जिल्ला, घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै बाग्लुङ जिल्ला, गल्कोट-३ र बाग्लुङ-१ का क्रमश: ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् । अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८९५ रहेको छ भने निको हुने दर ५९.९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १२ सय ४० रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते