गण्डकी प्रदेशबाट चल्ने लामो दुरिका सवारी आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै भोलिबाट सञ्चालनमा आउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरिका सवारी सञ्चालन ५० प्रतिशत बढी भाडा लिएर ५० प्रतिशत यात्रु बोक्न पाउने गरि अनुमति दिएपछि सवारी सञ्चालनमा आउने भएका हुन् ।
अन्य पेशा, व्यवसाय सञ्चालनमा आईसक्दा पनि आफूहरुले सञ्चालन अनुमति नपाएको भन्दै यातायात व्यवसायीले केही समयअघि देशव्यापी रुपमा विरोधमा उत्रिएका थिए ।
सरकारी निर्णयको अवज्ञा गर्दै पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले असोज १ गते देखि सवारी सञ्चालनको तयारी थालेको थियो । सवारी सञ्चालन गर्ने सन्दर्भमा बनेको ‘कोभिड–१९ सार्वजनिक यातायात व्यवस्थापन सञ्चालन कार्यविधि निर्देशिका २०७७’जारी निर्देशिका अनुसार नै मापदण्ड अपनाएर सवारी सञ्चालनको तयारी थालेको पृथ्वीराजमार्ग बस व्यवसायी कम्पनीले सरकारले तोकेको मापदण्ड अनुसार नै सवारी सञ्चालनमा ल्याउने भएको छ।
कम्पनीबाट लामो दुरिमा काँकडभिट्टा र महेन्द्रनगर । त्यसैगरि, अधिराज्यका प्रमुख सहरमा गाडी छुट्दै आएका थिए । यसअघि पोखराबाट काँकडभिट्टामा ७ वटा गाडी सञ्चालनमा रहेकोमा पहिलो चरणमा २ वटा मात्रै छुटाउने भएको छ। वीरेन्द्रनगर, काठमाडौं, नारायणगढ, सुनौली लगायतका ठाउँमा संख्याको हिसाबले कमै मात्र गाडी निकाल्ने भएको छ। पहिलो चरणमा कम्पनीका १ सय गाडी सडकमा निस्किने भएको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’