पोखरा । पोखरामा अहिलेसम्मकै धेरै संक्रमित आज फेला परेका छन् । पोखरामा आज बिहीबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार स्वास्थ्य निर्देशनालयको पहिलो, दोर्स्रो र तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका एकैदिन १५ वडाका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।अहिलेसम्मको तथ्यांक अनुसार यो अहिलेसम्म कै उच्च संख्या हो ।
कास्कीमा हालसम्म ७६६ संक्रमित फेला परेको छ, जसमध्य २८० जना निको भएर घर फर्किसकेको छन् भने सक्रीय् संक्रमित ४७५ रहेको छ । कास्कीमा अहिले सम्म ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।
- पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका चार जनामा कोरोना पुष्टि
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । पोखरा- २० का २३ वर्षीया महिला, पोखरा- ९ का २९ वर्षीय पुरुष, पोखरा- १५ का २९ वर्षीय पुरुष र पोखरा- १० का २० वर्षीया महिलाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

- दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका थप दुई महिला दुई पुरुषमा कोरोना पुष्टि
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ पोखरा- ५ का ४२ वर्षीया महिला, पोखरा-१० का ३४ वर्षीया महिला, पोखरा-१५ का २९ वर्षीय पुरुष, पोखरा-१८ का १९ वर्षीय पुरुष र पोखरा-८ का ३४ वर्षीय पुरुषको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

- तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार एकैपटक ४० प्रहरीसहित ६६ जनामा कोरोना संक्रमण
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा- ८ का ३९, २१, ३४ वर्षीय पुरुष र ३८ वर्षीया महिला पोखरा- १४ का ३५ वर्षीय पुरुष, पोखरा- १० का २६ वर्षीया महिला र १९ वर्षीय पुरुष, पोखरा १७ का ३७ वर्षीय पुरुष, पोखरा- २३ का २३ वर्षीय पुरुष, पोखरा- ४ का ५३, २० वर्षीया महिला, पोखरा- १५ का २१, १८ ३५,३७, ३९ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यस्तै पोखरा- ३१ का ३५, ५० वर्षीय पुरुष र ७२, ४५, ४३ वर्षीया महिला, पोखरा- २७ का १८, १५ वर्षीय पुरुष, पोखरा- २९ का २५ वर्षीया महिला र ४० वर्षीय पुरुष र पोखरा ३३ का ४३ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ
पोखरा महानगरपालिका-१५ का ३९ जना पुरुषहरु र १ जना महिला नेपाल प्रहरीमा कार्यरत छन् ।
त्यसैगरी पोखरा महानगरपालिका-८ का ३९ वर्षीय, १४ का ३५ वर्ष, १७ का ३७ वर्ष र २९ का ४० वर्षका गरी चारजना भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु रहेका छन् । अन्य ३० जना व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशनालयले जनाएको छ ।

।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते