पोखरा । पोखरामा अहिलेसम्मकै धेरै संक्रमित आज फेला परेका छन् । पोखरामा आज बिहीबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार स्वास्थ्य निर्देशनालयको पहिलो, दोर्स्रो र तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका एकैदिन १५ वडाका ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।अहिलेसम्मको तथ्यांक अनुसार यो अहिलेसम्म कै उच्च संख्या हो ।
कास्कीमा हालसम्म ७६६ संक्रमित फेला परेको छ, जसमध्य २८० जना निको भएर घर फर्किसकेको छन् भने सक्रीय् संक्रमित ४७५ रहेको छ । कास्कीमा अहिले सम्म ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।
- पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका चार जनामा कोरोना पुष्टि
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ । पोखरा- २० का २३ वर्षीया महिला, पोखरा- ९ का २९ वर्षीय पुरुष, पोखरा- १५ का २९ वर्षीय पुरुष र पोखरा- १० का २० वर्षीया महिलाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

- दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका थप दुई महिला दुई पुरुषमा कोरोना पुष्टि
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ पोखरा- ५ का ४२ वर्षीया महिला, पोखरा-१० का ३४ वर्षीया महिला, पोखरा-१५ का २९ वर्षीय पुरुष, पोखरा-१८ का १९ वर्षीय पुरुष र पोखरा-८ का ३४ वर्षीय पुरुषको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

- तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार एकैपटक ४० प्रहरीसहित ६६ जनामा कोरोना संक्रमण
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा- ८ का ३९, २१, ३४ वर्षीय पुरुष र ३८ वर्षीया महिला पोखरा- १४ का ३५ वर्षीय पुरुष, पोखरा- १० का २६ वर्षीया महिला र १९ वर्षीय पुरुष, पोखरा १७ का ३७ वर्षीय पुरुष, पोखरा- २३ का २३ वर्षीय पुरुष, पोखरा- ४ का ५३, २० वर्षीया महिला, पोखरा- १५ का २१, १८ ३५,३७, ३९ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
यस्तै पोखरा- ३१ का ३५, ५० वर्षीय पुरुष र ७२, ४५, ४३ वर्षीया महिला, पोखरा- २७ का १८, १५ वर्षीय पुरुष, पोखरा- २९ का २५ वर्षीया महिला र ४० वर्षीय पुरुष र पोखरा ३३ का ४३ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ
पोखरा महानगरपालिका-१५ का ३९ जना पुरुषहरु र १ जना महिला नेपाल प्रहरीमा कार्यरत छन् ।
त्यसैगरी पोखरा महानगरपालिका-८ का ३९ वर्षीय, १४ का ३५ वर्ष, १७ का ३७ वर्ष र २९ का ४० वर्षका गरी चारजना भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु रहेका छन् । अन्य ३० जना व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशनालयले जनाएको छ ।

।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा