पोखरा – जबर्जस्ती चन्दा उठाएको आरोपमा कास्की प्रहरीले विप्लव समुहका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका ८ मोतिडाँडा घर भइ हाल काठमाण्डौ तारकेश्वर नगरपालिका ७ मनमैजु बस्ने वर्ष २७ का रविन केसी भनिने ध्वज बहादुर रावत र रोल्पा जिल्ला गंगादेवी गाउँपालिका २ घर भइ काठमाण्डौ महानगरपालिका १६ गोङगबु बस्ने वर्ष २२ का रामकुमार डाँगी रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जनाकारी दिए ।
हमालका अनुसार बुधबार अन्दाजी दिउँसो १:३० बजेको समयमा पोखरा महानगरपालिका ६ हल्लनचोकमा जबर्जस्ती चन्दा असुली रहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये रावत नेकपा विप्लव समुहका अखिल क्रान्तिकारी, काठमाण्डौ जिल्ला कमिटी सदस्य र डाँगी नेकपा विप्लव समुहका अखिल क्रान्तिकारीमा आवद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनीहरुको साथबाट नगद एक लाख, मोवाइल सेट चार थान, एउटा मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको नेकपा (बिप्लव समुह) केन्द्रिय समितिको नगदी रसिद १ थान वरामद गरेको छ ।
पक्राउ परेका उनीहरु बिरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान अगाडी बढाईएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ