पोखरामा फेरि थपिए ४ वडाका १५ कोरोना संक्रमित

पोखरामा फेरि थपिए ४ वडाका १५ कोरोना संक्रमित

pokhara corona update 1

सुक्रबार पोखराका थप १५ जनामा कोरोना संक्रमण भेटिएको छ । सुक्रबार स्वास्थ्य निर्देशनालयको तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा- १९ का २०, ३२, ३२, ३२ वर्षीया महिला त्यस्तै ४०, २६ वर्षीय पुरुष र २, ७ वर्षीय बालक,  पोखरा- ७ का ३८, ३५, ३४, ३०, २५ वर्षीय पुरुष, पोखरा- १ का ७ वर्षीय बालक, पोखरा १६ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

संक्रमित सबैलाई  आइसोलेसनमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३३३६ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ