तनहुँ । तनहुँ उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई ट्राफिक सचेतनामुलक कोन हस्तान्तरण गरेको छ ।
संघले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै २५ थान कोन दिएको छ ।
कोनमा ‘गति सीमित’ र हर्न निषेध लेखिएको छ ।
आइतबार एक कार्यक्रमका बीच संघका अध्यक्ष मानकाजि श्रेष्ठ लगाएतका पदाधिकारीले ट्राफिकलाई कोन हस्तान्तरण गरेको हो ।
ट्राफिक कोन जिल्लाको विभिन्न स्थानमा आवश्यक रहेको संघका अध्यक्ष मानकाजि श्रेष्ठले बताए ।
चालकको मनस्थिति परिवर्तन नभए सम्म दुर्घटना न्यूनीकरण नहुने भएकाले चालकलाई तालिमको आवश्यक रहेकोे अध्यक्ष श्रेष्ठले बताए ।
सवारी व्यवस्थापनमा सहयोग पुर्याउने अभियानमा तनहुँ उद्योग वाणिज्य संघ प्रतिबद्ध रहेको अध्यक्ष श्रेष्ठले बताए ।

कोनले गति सीमित गराउन सहयोग पुर्याउने तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार ईकाइका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले बताए ।
यसअघि मादिको पुलदेखि बुल्दिको पुलसम्म रेड जोन बनाएर नो हर्न, नो स्पिड र नो ओभरटेक कार्यक्रम सुरु गरिएकाले हर्न बजाउनेको संख्यामा कमि आएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।
दुर्घटना न्यूनीकरण र सवारी व्यवस्थापनमा ट्राफिकलाई सबैको सहयोग आवश्यक रहेकोे प्रमुख रानाभाटले बताए ।
पहिलो चरणमा दमौलीको भोर्लेटार चोक, सफा सडक र जिल्ला प्रहरी कार्यालय अगाडी कोन राखिने ट्राफिक प्रमुख रानाभाटले जानकारी दिए ।
गलत स्थानमा सवारी रोके चेक रक गर्ने सिस्टम केहि समय भित्र जिल्लामा ल्याउन लागेको उनले बताए । जसको जरिवाना १ हजार भन्दा बढी हुने रानाभाटले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं संघका पुर्वअध्यक्ष देव कुमार श्रेष्ठ, संघका पुर्वअध्यक्ष शंकरलाल राज भण्डारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत संघका प्रथम उपाध्यक्ष वैकुण्ठ मिश्र र संचालन संघका महासचिव इमकुमार मल्लले गरेका थिए ।
यसअघि तनहुँ उद्योग वाणिज्य संघ एवं दमौली बजार इकाईले नियमसहितको सवारी साधन संकेत बोर्ड जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई हस्तान्तरण गरेका थिए ।
नो स्पिड, तिब्र गतिमा सवारी नचलाऔ, नो ओभरटेक, ओभरटेक नचलाऔ, हर्न नबजाऔ लगाएतका नियम लेखिएको बोर्ड दमौलीको मादी पुलदेखी बुल्दी पुल सम्म राखिएको छ ।
सम्बन्धित खबर
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?