पोखरामा आज पुष्टि भएका १८ संक्रमित को कहाँका ?

पोखरामा आज पुष्टि भएका १८ संक्रमित को कहाँका ?

pokhara corona update

पोखरा –पोखरामा आज  आइतबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  निर्देशनालयको पहिलो दोस्रो र तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका एकैदिन ११ वडाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीमा हालसम्म ८१५ संक्रमित फेला परेको छ, जसमध्य ३३२ जना निको भएर घर फर्किसकेको छन् भने सक्रीय् संक्रमित ४८२ रहेको छ । कास्कीमा अहिले सम्म ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।

पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरामा थपिए ५ कोरोना संक्रमित

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा- १२ का २२ वर्षीय पुरुष, पोखरा- १० का ३६   वर्षीय पुरुष, पोखरा-८ का १७ वर्षीया महिला, पोखरा- २५ का २६ वर्षीय पुरुष, पोखरा- ५ का ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका १३ जनामा कोरोना पुष्टी

पोखरा महानगरपालिका वडा नम्बर ७ मा कार्यरत ६ जना प्रहरीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा वडा नम्बर ६ का २५ वर्षीय १ महिला र ४४ वर्षीय १ पुरुष, ७ का ३८ वर्षीय पुरुष, वडा नम्बर १७ का २७ वर्षीय महिला तथा ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तेस्रो अद्यावधिक विज्ञप्ति अनुसारपोखराका १ जनामा कोरोना पुष्टी

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ