तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले एकै दिन २५ जनालाई पक्राउ गरेको छ ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी रहेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जसमध्ये बहुविवाह मुद्दामा ११ महिना १९ दिन कैद तथा १० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही बिगत ४ वर्षदेखि फरार रहेका भानु नगरपालिका-१३ सम्जुर बस्ने ३० वर्षीय सुरेन्द्र कुमार श्रेष्ठ, लागूऔषध मुद्दामा ४ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका बन्दीपुर गाउँपालिका-१ नहाला बस्ने किना परियार, लागूऔषध मुद्दामा ११ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका बन्दीपुर गाउँपालिका-१ भन्सार बस्ने बर्लमिन भन्ने बहरुल अमिन मिया, त्यस्तै लागूऔषध मुद्दामा फरार अन्य २ जना, जुवा मुद्दामा फरार ५ जना, घरेलु हिंसा मुद्दामा फरार १ जना, दुनियाबादी फौजदारी मुद्दामा फरार ३ जना, नाता कायम मुद्दामा फरार १ जना, अंशबण्डा जग्गा अंश हक कायम मुद्दामा फरार १ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार २ जना, कुटपिट मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार १ जना, डाँका मुद्दामा फरार ४ जना गरी २५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्ता व्यक्तिहरुलाई पक्राउ गर्न तनहुँ प्रहरीले अहिले अभियाननै सञ्चालन गरेको छ ।
पक्राउ परेकाहरु जरिवाना तथा कैद सजाय फैसला भएका व्यक्तिहरु रहेको तनहुँका प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेनाले बताएका छन् ।
उनले भने, ‘हाम्रो मातहतका प्रहरी कार्यालयबाट २५ जनालाई आजै पक्राउ गरिएको हो । यसरी पक्राउ परेकामा बहु विवाहदेखि, डाँका, लागूऔषध, कुटपिट, जालसाँजी, सम्बन्ध बिच्छेद आदि मुद्दाका सजाय नभोगेका व्यक्तिहरु छन् ।’
तनहुँ प्रहरीले पछिल्लो समय अदालतका फैसला कार्यान्वयनमा चासो दिंदै आइरहेको छ ।
यस अघि पनि एकै पटक ३३ जनालाई पक्राउ गरिएको थियो ।
अधिकांशलाई अदालतमा उपस्थित गराइएकामा उनीहरु जरिवाना पश्चात अदालतको आदेशबाट कारागार चलान भएको प्रवक्ता तिमल्सेनाले बताए ।
सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ