घाँस काट्ने क्रममा भीरबाट लडेर अर्यालको मृत्यु

घाँस काट्ने क्रममा भीरबाट लडेर अर्यालको मृत्यु

Death dead

सांकेतिक तस्विर

कुश्मा – पर्वतमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको कुश्मा नगरपालिका वडा नं १ पाङ बस्ने २८ वर्षीय गणेश अर्याल मंगलबार बिहान अन्दाजी ७:३० बजेको समयमा घाँस काट्ने क्रममा घर नजिकैको भीरबाट लडेर घाइते भएकोमा तत्काल उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल लगिएपनि उपचारका क्रममा दिउँसो १२:२० बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ