पोखरामा बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित एक व्यक्ति पक्राउ

पोखरामा बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित एक व्यक्ति पक्राउ

arrest-santosh

पोखरा – कास्की प्रहरीले बन्यजन्तुको अबैध छाला तथा आखेटोपहार सहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार पोखरा महानगरपालिका वडा नं ३१ लेखनाथस्थित शिसुवाबाट बनपोखरी तर्फ जाँदै गरेको प्रदेश नं ३ (०२-०११ प ७८०६) नम्वरको मोटरसाइकलबाट जेब्रा झोलामा लुकाई राखेको अवस्थामा बाघको छाला, सालकको खपेटा र हड्डीहरु सहित धादिङ जिल्ला गल्छी गाउँपालिका ४ बस्ने २८ वर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

हमालका अनुसार कास्कीमा अन्य जिल्लाबाट आएर बन्यजन्तुको आखेटोपहारको अबैध ओसारपसार तथा कारोवार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सहित मातहतको ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा लामिछानेलाई पक्राउ गरेको हो  ।

प्रहरीले उनको साथबाट बाघको छाला १ थान, सालकको खपेटा १ थान, बन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पंजा गरी अन्दाजी ३ केजी ७५० ग्राम वरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको प्रहरीले जानकारी दिएको छ

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ