पोखराका ८ सहित गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा अन्नपूर्ण गाउँपालिकाका १ सहित पोखरा महानगरपालिकाका ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयले कास्कीको पोखरा महानगर- १० का ३१ वर्षीय पुरुष तथा ७ वर्षीया बालिका ,पोखरा- १५ का ३९ र ६५ वर्षीय पुरुष , पोखरा- १७ की २६ वर्षीया महिला, पोखरा २० का २० र ३२ वर्षीय पुरुष, पोखरा- २७ की ७४ वर्षीय महिला तथा कास्कीको अन्नपूर्ण गाउँपालिका का ३२ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।
त्यसैगरी म्याग्दीका कोरोना संक्रमित बेनी नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय पुरुष हुन् ।
यस्तै स्याङ्जाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा वालिङ नगरपालिका वडा नम्बर ४ का ४३ तथा वडा नम्बर ११ का ३९ वर्षीय पुरुष रहेका छन् । त्यस्तै गल्याङ नगरपालिका वडा नम्बर २ का ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
यस्तै तनहुँमा ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकाका १ जना र भिमाद नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जिल्लाको व्यास-२ का ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भिमाद-३ का ३६ र २६ वर्षीय पुरुष र भिमाद-१ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनलयले जनाएको छ । सबै संक्रमितहरु भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन ।
यस्तै बाग्लुङका २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बाग्लुङ नगरपालिका १३ का ६२ वर्षीय पुरुष तथा बडीगाड १ का २६ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै लमजुङका ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको मध्यनेपाल अन्तरगत वडा नम्बर ६ का १० वर्षीय बालिका सहित १६, ३० तथा ५८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । साथै वडा नम्बर १० की ३५ वर्षीय महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३५४८ पुगेको छ ।

सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’