पोखराका ८ सहित गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा अन्नपूर्ण गाउँपालिकाका १ सहित पोखरा महानगरपालिकाका ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयले कास्कीको पोखरा महानगर- १० का ३१ वर्षीय पुरुष तथा ७ वर्षीया बालिका ,पोखरा- १५ का ३९ र ६५ वर्षीय पुरुष , पोखरा- १७ की २६ वर्षीया महिला, पोखरा २० का २० र ३२ वर्षीय पुरुष, पोखरा- २७ की ७४ वर्षीय महिला तथा कास्कीको अन्नपूर्ण गाउँपालिका का ३२ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।
त्यसैगरी म्याग्दीका कोरोना संक्रमित बेनी नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय पुरुष हुन् ।
यस्तै स्याङ्जाका ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा वालिङ नगरपालिका वडा नम्बर ४ का ४३ तथा वडा नम्बर ११ का ३९ वर्षीय पुरुष रहेका छन् । त्यस्तै गल्याङ नगरपालिका वडा नम्बर २ का ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
यस्तै तनहुँमा ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकाका १ जना र भिमाद नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जिल्लाको व्यास-२ का ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भिमाद-३ का ३६ र २६ वर्षीय पुरुष र भिमाद-१ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनलयले जनाएको छ । सबै संक्रमितहरु भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन ।
यस्तै बाग्लुङका २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बाग्लुङ नगरपालिका १३ का ६२ वर्षीय पुरुष तथा बडीगाड १ का २६ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै लमजुङका ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको मध्यनेपाल अन्तरगत वडा नम्बर ६ का १० वर्षीय बालिका सहित १६, ३० तथा ५८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । साथै वडा नम्बर १० की ३५ वर्षीय महिलालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३५४८ पुगेको छ ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु