तनहुँ । तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लाको व्यास नगरपालिकामा ५ जना, भानु नगरपालिकामा २ जना, आँबुखैरेनी गाउँपालिकामा ३ जना र देवघाट गाउँपालिकामा १ जना गरि थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास-३ का २३ वर्षीय पुरुष, व्यास-१० का ४८ वर्षीय पुरुष र ५ वर्षीय बालक, व्यास-१० कै १८ र ४१ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
व्यास-१० का ४८ वर्षीय पुरुष विद्युत कार्यालय दमौलीमा कार्यरत छन । कार्यालयका अन्य कर्मचारी सुरक्षित रहेको विद्युत कार्यालय दमौलीका प्रमुख कपिल पाण्डेले जानकारी दिए ।
उनले भने ‘उहाँ पछिल्लो १ सातादेखि कार्यालय आउनु भएको थिएन र उहाँ काम गर्ने युनिटमा सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।’
कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख पाण्डेले जानकारी दिए ।
व्यास-१० का ३ जना संक्रमित एकै परिवारमा हुन् भने ५ वर्षिय बालक आफन्तका छोरा हुन् । त्यस्तै व्यास-३ का संक्रमित विदेशबाट आएका युवाक हुन् ।
त्यस्तै भानु-२ का २८ वर्षीय पुरुष, भानु-५ का ३६ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।
यसैगरी जिल्लाको आँबुखैरेनी-३ की ३३ वर्षिया महिला र ८ वर्षिया बालिका, आँबुखैरेनी-२ की ५९ वर्षिया महिला समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै देवघाट-५ का ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४२३ जना पुगेको छ ।
त्यस्तै ४ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यो पनि :
सम्बन्धित खबर
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला