स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पिसिआर परीक्षण गराउनुपर्ने अवस्थाबारे जानकारी गराएका हुन्।
ज्वरो तथा सुख्खा खोकी लागेका, श्वासप्रश्वासमा समस्या भएका, झाडापखाला लागेका, कुनै स्वाद वा गन्ध थाहा नपाउनेहरुको पिसिआर परीक्षण गर्न, गराउन सरकारले भनेको छ। यी कुनै पनि लक्षण नदेखिएकालाई परीक्षण नगराउन, नगर्न पनि गौतमले आग्रह गरे।
त्यस्तै संक्रमितको सम्पर्कमा आएकाहरुलाई ५ दिनपछि परीक्षण गर्न सरकारले भनेको छ।विदेशबाट फर्किएकाको पनि पिसिआर परीक्षण गर्न सकिने उनले बताए। चिकित्सकीय सल्लाहअनुसार शल्यकृया गर्नुपर्नेहरु तथा जटिल अवस्थामा रही डिस्चार्ज गर्नुपर्ने बिरामीहरुको पिसिआर परीक्षण गर्नुपर्नेछ।
आइसियूमा राख्नुपर्ने सबै बिरामीहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको पिसिआर परीक्षण गर्न सरकारले भनेको छ।
तर शल्यक्रिया तत्काल गर्नुपर्ने विरामीहरुको कोरोना रिपोर्ट नआएकै भरमा शल्यक्रिया नरोक्न पनि प्रवक्ता गौतमले आग्रह गरे।
५ देखि ७ दिन क्वारेन्टिनमा रहेका, दिर्घरोगी, ६० वर्ष नाघेकाहरु, अग्रपंक्तिमा रहेर काम गर्नुपर्नेहरु, कुटनीतिक नियोग र भिसा प्रयोजनाका लागि मात्रै पिसिआर परीक्षण गर्न सरकारले अनुरोध गरेको छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने