पोखरा । गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको सोमबार जारी पहिलो विज्ञप्ति अनुसार प्रदेशका ५ जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत स्याङ्जाका १ जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँका ब्यास नगरपालिका १ का २ जना पुरुष, २ का १ जना महिला, ३ का १ महिला र १ पुरुष, ७ का १ पुरुष, १० र १३ का १र१ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै लमजुङको राइनासका ४ का ३० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणका क्रममा कावासोती ३ का १० वर्षीय बालक सहित १६ का ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । जिल्लाको देवचुली १७ का ५२ वर्षीय महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपरासी (ब.सु.पू) गैंडाकोट २ का २५ र ३८ वर्षीय पुरुष तथा ८ का २८ र ४२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
यस्तै गोरखा जिल्लाको सहिद लखनथापा १ का ५३ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३७९५ पुगेको छ ।

सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला