पोखरा \ छोटो फिल्म ‘सोल्यूशन’ नेट टिभीको ‘ओटिटी प्लेटफर्म’मार्फत सार्वजनिक भएको छ । कोरियोग्राफिमा आफूलाई स्थापित गरिसकेका रोहन नेपालीले यो फिल्मको निर्माण अनि निर्देशन गरेका हुन् । फिल्ममा उनी आफैँले अभिनय समेत गरेका छन् ।
करिब ८ मिनेटको फिल्मले युवापुस्ताको प्रेम बिछोड अनि त्यसपछि उनीहरुले लिने गम्भिर प्रकृतिको निर्णयले जीवनमा पारेको असरको विषयलाई उठाएको छ । ‘युवापुस्ताको मनोदशालाई फिल्ममार्फत भन्न खोजेका हुँ । अहिले सामान्य कुरामा पनि युवापुस्ताले आफ्नो ज्यानै सम्म फाल्ने निर्णय लिईराखेका छन् । तर यो फिल्ममार्फत मैले सबै समस्याको समाधान हुन्छ । कुनै पनि निर्णय लिँदा हजारपटक सोँच बिचार गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको हुँ ।’ अभिनेता तथा निर्देशक नेपालीले भने ।
प्रेम बिछोडमा परेर आत्महत्या गर्ने गरेको घटना धेरै सुनिन थालेको छ । क्षणिक आवेशमा आएर सानै उमेरमा आत्महत्या गर्दा उनीहरुको परिवारमा ठुलो बज्रपात परेको उदाहरणहरु प्रशस्तै छन् । आत्महत्या दर दिनहुँ बढ्दो छ । ‘यस्ता घटनाहरु बढ्दै जानु भनेको समाजका लागि निकै घातक कुरा हो । त्यसैले यस बिषयमा सोँच्न आवश्यक छ भन्ने ठानेर मैले सानो प्रयास गरेको हुँ ।’ रोहनले भने–‘मैले भन्न खोजेको कुरालाई दर्शकहरुले पनि रुचाएका छन् ।’
चाँडै नै फिल्मलाई अन्य डिजिटल प्लेटफर्ममा पनि राखिने उनले बताए । सार्वजनिक फिल्मलाई अमित नेपालीले खिचेका हुन् । फिल्ममा रोहनसँगै विवेक गुरुङ, कञ्चन भुजेल र तारा शर्माको अभिनय रहेको छ ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला