मन्त्रिपरिषद् पुनर्गठन हुने भएपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा व्यस्त छन् । प्रधानमन्त्री बाहेक सबै एकसाथ हटाएर पुनः गठन गर्ने कि ? केही मन्त्री हटाएर नयाँ नियुक्त गर्ने विषयमा सहमति जुट्न सकिरहेको छैन । मन्त्रालय नै फुटाएर भएपनि संविधानतः बढीमा २५ मन्त्रालय बनाउन पनि सकिने गरी दुई अध्यक्ष सहमत छन् । कम्तिमा ५ जना र बढीमा १२ जना नयाँ अनुहार क्याबिनेटमा भित्रनेछन् ।
कोरोना महामारीमा प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पनि हटाउनुपर्ने आवाज नेकपाभित्र उठिरहेको छ। अध्यक्ष प्रचण्डसहित नेकपाका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि ढकाललाई हटाउनुपर्ने पक्षमा छन्।
पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीलाई पुनः सोहि जिम्मेवारी दिने विषयमा पनि नेकपाका केही नेताहरुले छलफल चलाएका छन् । अधिकारी पनि आफूले विगतको अनुभवका आधारमा सन्तोषजनक काम गर्न सक्ने भन्दै मन्त्री बन्न इच्छुक छन् ।
खगराज केपी शर्मा ओलीकै पक्षका हुन् । तरपनि प्रधानमन्त्री ओली ढकाललाई नै सकेसम्म निरन्तरता दिने पक्षमा छन् । स्वास्थ्यमन्त्री ढकाल अधिकारीसँग रुष्ट बनेका छन् । नेकपा केही नेताहरुका अनुसार एउटै गुटका भानुभक्त र खगराजबीच बोलचाल नै हुन छोडिसकेको छ ।
महासचिव विष्णु पौडेल ढकाललाई हटाउनै नहुने पक्षमा छन् । तर, खगराजको पक्षमा प्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोखरेल छन् । पर्फमेन्स पनि नभएको र खगराज पनि आफ्नै पक्षमा रहेकाले खगराजलाई नै स्वास्थ्यमन्त्री बनाउन पोखरलले भनिरहेका छन् । प्रचण्ड भने उर्जा मन्त्रालय सम्हाल्दा राम्रो काम गरेका जनार्दनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुपर्ने चाहना राखेका छन् ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’