राजधानीको थापाथलीस्थित परोपकार प्रसूति गृहमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन्। सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्।
५ मध्ये चार शिशु जीवितै रहेको र एक शिशुको जन्म हुनुअघि नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ। मृत भएका छोरा हुन् भने बाँकी सबै छोरीहरु । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशु जन्मिएका थिए।
शल्यक्रियामा संलग्न चिकित्सक डा. सुवेदीका अनुसार शिशुको स्वास्थ्य सामान्य रहे पनि उनीहरुलाई एनआईसियूमा अब्जर्भेसनका लागि राखिएको छ। ४ शिशुमध्ये पहिलोको तौल १ किलो ९ सय ग्राम, दोस्रो १ किलो ८ सय ग्राम, तेस्रो १ किलो ६ सय ग्राम र चौथौको ८ सय ग्राम रहेको अस्पतालले जनाएको छ।
शल्यक्रियामा डा. सुवेदीको नेतृत्वमा डा. दीप्ति श्रेष्ठ, डा. नमिता सिङदेन थिए भने एनेस्थेसियामा डा. मुकेश कुमारले नेतृत्व गरेका थिए।त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गरेकी थिइन् भने बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले बच्चाहरुको स्वास्थ्य अवस्था हेरिरहेकी छन्।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने