पोखराको फेवातालमा डुबेर धादिङका २२ वर्षीय सुरजको मृत्यु (भिडियोसहित)

पोखराको फेवातालमा डुबेर धादिङका २२ वर्षीय सुरजको मृत्यु (भिडियोसहित)

Fewatal suraj

पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर धादिङका सुरज नगरकोटीको मृत्यु भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ९ घर भएका २२ वर्षीय सुरजको सोमबार दिउँसो फेवातालमा डुबेर मृत्यु भएको हो ।

पोखरा महानगरपालिका वडा नं. १८, खपौदी स्थित फेवातालमा पौडी खेल्न ३ जना साथीसहित तालमा पसेका सुरज बाहिर निस्कन सकेनन् । उनी डुबेपछि सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेनाको टोली र बैदामसहितको नेपाल प्रहरीको टोली उद्धारमा जुटेका थिए । तर, उनलाई जिवितै निकाल्न सकिएन ।

विगत ५ वर्षदेखि पोखरा रंगशालामा काम गर्दै आएका सुरजले पछिल्लो वर्ष मात्र बिहे गरेका थिए । उनको घरमा सानी छोरी मात्र रहेको भन्दै उनका साथी गोविन्द नेपाली घटनास्थलमै भक्कानिए ।

https://youtu.be/8sL4k_5YMGs

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ