पोखरामा १७ सहित गण्डकी प्रदेशमा १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दोस्रो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा २ जिल्लाका १९ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
आज बिहान पोखरामा १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि हुनेमा पोखरामा वडा नम्बर ५ का ५२ वर्षीय तथा वडा नम्बर ७ का ३५ वर्षीय पुरुष, पोखरा ९ का २४ र २७ वर्षीया महिला, वडा नम्बर १० का ४३ र ७० वर्षीया महिला तथा ७० वर्षीय महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेकी छिन् । ७ नम्बर वडाका पुरुष पत्रकार हुन् ।
त्यस्तै वडा नम्बर ११ का ३० वर्षीय तथा १३ का ४८ वर्षीय पुरुष, वडा नम्बर १५ का २७ वर्षीया महिला तथा ४० वर्षीय पुरुष, पोखरा १७ का १७ र ५७ वर्षीय पुरुष, वडा नम्बर २४ का ४६ वर्षीय पुरुष, पोखरा २५ का ५३ वर्षीय पुरुष तथा ५५ वर्षीय महिला, पोखरा ३० का ३३ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँमा आँबुखैरेनी ३ का १२ वर्षीय बालक तथा बन्दीपुर १ की ५७ वर्षीया महिलालाईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५०२४ पुगेको छ ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु