गण्डकी प्रदेशमा आज अहिलेसम्मकै उच्च संक्रमित थप भएका छन् । एकै दिन थपिए १६९ जना थपिएका हुन् । पोखरामा ३५ थप भएभने नवलपुरमा ५८, म्याग्दीमा ४, तनहुँमा ११, गोरखामा ७, लमजुंगमा ३ र बाग्लुंगमा ५१ जना थपिए । यससँगै प्रदेशभर ५३ सय ५६ संक्रमित पुगेका छन् ।
पोखरामा बिहानै ३० सहित गण्डकी प्रदेशमा ९७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ५ जिल्लाका ९७ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
पोखरा महानगरका ३० जना, लमजुङका ३ जना, नवलपुरका ६ जना, गोरखाका ७ जना र बागलुङ ५१ जना गरी थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँका ११ जनामा कोरोना पुष्टि, व्यास नगरपालिकाका मात्रै १० जना
तनहुँमा ११ जना कोरोना संक्रमित थपिएको छ ।दोस्रो विज्ञप्ति अनुसार जिल्लाको व्यास नगरपालिकाका १० जना र तेस्रो विज्ञप्तिमा ठेगाना नखुलेको एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तनहुँ जिल्ला व्यास नगरपालिका वडा नम्बर १ मा २ पुरुष र १ महिला , वडा नम्बर २ मा १ पुरुष , वडा नम्बर ५ मा १ जना पुरुष , वडा नम्बर ४ मा ४ जना महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
पोखरामा मात्रै फेरि ५ जना थप भए । तेस्रो विज्ञप्तिमा पोखराका ४ पुरुष र १ महिला थप भएका हुन् ।संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरको वडा नं। ३ का एक पुरुष, १० की एक महिला, ११ का दुई पुरुष, पोखराको वडा नखुलेका एक पुरुष तथा तनहुँको पालिका नखुलेकी एक महिला रहेका छन् ।
चौथौ विज्ञप्तिमा नयाँ ४ जना संक्रमितहरु थप भए । पाँचौ विज्ञप्ति अनसार नवलपुरका ५२ जनामा एकैसाथ कोरोना पुष्टि भयो ।




सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु