काठमाडौं । ए वन नेपाल लेदर क्राफ्ट प्रालीले नेपालमै छालाका सामान बनाइ नेपाली बजारमा उपलब्ध गराएको छ। विगत ४ वर्षदेखि नेपालमै लेदरको ज्याकेट बनाई बिक्रि बितरण गरिएको कम्पनीले भारत र पाकिस्तानबाट लेदर ल्याई आफ्नै फ्याक्ट्रीमा ठुलो परिमाणमा उत्पादन सुरु गरेको हो।
मास्टर तथा कालिगढ पनि भारतबाट ल्याएर कम्पनीले ज्याकेट, प्यान्ट, ब्याग, वालेट(पर्स), बेल्ट र क्याप बनाउने गरेको संस्थापक अनिल शाहले बताए ।
छाला जस्तै देखिने तर रेगजिनबाट बनेका चाइनिज ज्याकेटको तुलनामा केहि महंगो भएपनि उपभोक्ताले नेपालमै बनाइएको छालकै ज्याकेटमा ध्यान केन्द्रित हुन थालेको उनले बताए । उनले भने, ‘तर, अहिले नेपाली उपभोक्ताले गुणस्तरका कारण आफ्नै देशको उत्पादन छनोट गर्न थालेका छन ।’
कम्पनीले उपभोक्ताको रोजाई तथा उपभोक्ताले दिएको डिजाइन अनुसार पनि ज्याकेट बनाएर बेच्ने गरेको उनले बताए । कम्पनीको फेसबुक पेज (ए बान नेपाल लेदर क्राफ्ट प्रा लि) मा गएर पनि आफुलाई मनपर्ने डिजाइनको ज्याकेट देशभरका ग्राहकले अनलाइन अर्डर समेत गर्न सक्छन।
कम्पनीको घट्टेकुलोमा फ्याक्ट्री छ भने मैतिदेवी चोकमा शोरुम रहेको छ । शोरुममा ९ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मको ज्याकेट तथा अन्य लेदरका सामानहरु पाइन्छन् । कम्पनीले ठमेल र दरबार मार्ग क्षेत्र लगायत देशका विभिन्न सहरका पसलमा आफ्नो उत्पादन दिंदै आइरहेको छ ।
जाडोको मौसम सुरु भए पनि कोभिड–१९ का कारण यस वर्ष उपभोक्ताहरु बढ्न नसकेको उनले बताए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पोखरा-काठमाण्डौको हवाई भाडा झण्डै २ हजारले बढ्यो