तनहुँका १३ जनामा कोरोना संक्रमण पुष्टि, शुक्लागण्डकी नगरपालिकामा मात्रै ८ जना

तनहुँका १३ जनामा कोरोना संक्रमण पुष्टि, शुक्लागण्डकी नगरपालिकामा मात्रै ८ जना

Corona update 4

तनहुँ । तनहुँमा १३ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा ८ जना, म्याग्दे गाउँपालिकामा ३ जना, भिमाद नगरपालिकामा १ जना र ठेगाना नखुलेको १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शुक्लागण्डकी-४ का २७, ७१ र ६५ वर्षीय पुरुष, शुक्लागण्डकी-५ की ५२ वर्षीया महिला र वडा नखुलेको २९, ३१, ३५ वर्षीय पुरुष र ४८ वर्षीया महिलामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै म्याग्दे-२ का ४६ वर्षीय पुरुष, म्याग्दे-५ की ५६ वर्षीया महिला र म्याग्दे-६ का २७ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी भिमाद-७ का ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै तनहुँको पालिका र वडा नखुलेको ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आज मात्रै २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds