तनहुँमा २१ जना कोरोना संक्रमित थपिए, व्यास नगरपालिकाका मात्रै ९ जना

तनहुँमा २१ जना कोरोना संक्रमित थपिए, व्यास नगरपालिकाका मात्रै ९ जना

Corona update 3

तनहुँ ।  तनहुँमा २१ जना कोरोना संक्रमित थपिएको छ । आइतबार बिहान मात्रै पुनः ठुलो संख्यामा कोरोना संक्रमित थपिएको हो ।

जिल्लाको व्यास नगरपालिकामा मात्रै ९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

जिल्लाको व्यास नगरपालिकामा ९ जना, शुक्लागण्डकी नगरपालिकामा ३ जना, भिमाद नगरपालिकामा ५ जना, आँबुखैरेनी गाउँपालिकामा २ जना, बन्दिपुर गाउँपालिकामा १ जना र ऋषिङ गाउँपालिकामा १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-१ का ४७ वर्षीय पुरुष, व्यास-२ का ४०, ५२ वर्षीय पुरुष, व्यास-३ का २८ वर्षीय पुरुष, व्यास-४ का ६६ वर्षीय पुरुष र ३४ वर्षिया महिला, व्यास-५ का २६ वर्षीय पुरुष, व्यास-९ की ३१ वर्षीया महिला, व्यास-१० का ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै शुक्लागण्डकी-१० का २८ वर्षीय पुरुष, शुक्लागण्डकी-५ का ४१ वर्षीय पुरुष र ३७ वर्षिया महिलामा समेत संक्रमण भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी भिमाद-६ का ३८ वर्षीय पुरुष, भिमाद-४ का ४९ वर्षीय पुरुष र ५२ वर्षिया महिला, भिमाद-९ का ४३ वर्षीय पुरुष र भिमाद-६ का ५३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशानालयले जनाएको छ ।

यस्तै आँबुखैरेनी-४ का ८० वर्षिय पुरुष र आँबुखैरेनी गाउँपालिकाको वडा नखुलेको ६५ वर्षिया महिलामा कोरोना भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै बन्दिपुर-६ की ७१ वर्षिया महिला र ऋषिङ-५ का ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds